नेपाली

अपिल

आदरणीय दाजुभाइ दिदी बहिनी,

तपाईहरुको साथ र सहयोगले हामीहरुले प्राईमरी निर्वाचनमा विजय हासिल गरी आगामी नोभेम्वर ६ तारिखमा हुन लागेको निर्वाचनमा होमिएको व्यहोरा अवगत गराउन चाहन्छौं ।नेपाली अमेरिकनलाई मूलधारको राजनीतिमा समाहित गर्ने हामीहरुको यो अभियानलाई साथ र सहयोग दिनुहुन अनुरोध गर्दछौं । हामीहरुको यो अभियान अमेरिकामा वसोवास गर्दे आउनुभएका हजुरहरु नेपाली मूलका भाषाभाषीहरुलाई एकताको सुत्रमा जोडेर मूलधारको राजनीतिमा समाहित गराउने प्रमुख काम भएकाले तपाईहरुको साथमा साथ र काँधमा काँध खोजेर हामी निरन्तर यो अभियानमा समाहित भएका छौं । नेपालीमा ऊखान छ -" एक्ले थुके सुके, हजारले थुके नदी "त्यसैले कसरी हामीहरु नदीको माध्यमवाट सागरसम्मको यात्रामा जाने भन्ने विषयमा हजुरहरुको साथको अत्यन्तै खाँचो रहेको छ ।
हालैमात्र मैले वाल्टिमोर काउन्टीमा डेमोक्रयाट पार्टीको केन्द्रीय सदस्य पदमा विजयी भएर शपथ ग्रहण समेत गरिसकेको छु ।कृपया यो चुनाव जित्न मद्दत गर्नुहोस्। यो हाम्रो पहिचानको लडाई हो। 

मेरो चुनावी अभियानमा सहयोगका लागि तलको लिंकमा क्लिक गर्न सक्नुहुनेछ ।

harryforstaedelegate.com

Please make payments to Friends of H.B. Bhandari, 4213 Cardwell Ave, Nottingham, MD. Cell: 443-403-9984;

Email: [email protected]

तपाई मेरिल्याण्ड वरिपरिका राज्यमा वसोवास गर्नुहुन्छ भने कृपया हामीहरुको सम्पर्क कार्यालयमा आएर आफनो सल्लाह सुझाव र ऐक्यवद्धता जाहेर गर्न सक्नुहुनेछ । यसको लागि यो ठेगानामा पाल्नुहुन विनम्र अनुरोध गर्दछौं ।

Contact Us

Email : [email protected] or

call our Campaign Manager

Morgan at 410-322-8407.

Come join us in bettering District 8 and the State! Office Location:

                                     8902 Belair Road, Nottingham, MD, 21236

मतदानमा भाग लिन

मतदानमा भाग लिनका लागि तपाईहरुले दर्ता गर्नुभएको छैंन् भने कृपया अनलाइनमा दर्ता गर्न यहाँ क्लिक गर्नुहोस्।तपाईंले मेल द्वारा  मतदान गर्न मतपत्र पत्र अनुरोध गर्न सक्नुहुन्छ। मतपत्र अनुरोधको लागि यहाँ क्लिक गर्नुहोस्!
तपाईंको काउन्टीमा मेलिङ ठेगाना पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्।

नक्सा पत्ता लगाउन कृपया यहाँ क्लिक गर्नुहोस्।

यदि तपाईं म्यारील्याण्ड हाउसको लागि हालको प्रतिनिधि जान्नुहुन्छ भने कृपया यहाँ क्लिक गर्नुहोस्। यदि तपाईं वर्तमान प्रतिनिधिको रूपमा एरिक ब्रोवेल र क्याथी क्लाउसेमेयर देख्नुहुन्छ भने तपाइँले हाम्रो लागि मतदान गर्न सक्नुहुनेछ। हामी एउटै टोलीमा छौं।

मतदान अधिकार हो। कृपया तपाईंको आवाजको अभ्यासको मौका नबिर्सनुहोस्।
तपाईं निर्वाचन दिन, नोभेम्वर ६ मा मतदान गर्न सक्नुहुन्छ तपाईंको निर्वाचनको मतदान साइट फेला पार्न यहाँ क्लिक गर्नुहोस्।

स्वयंसेवकहरूको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।

कृपया यो इमेल तपाईंको कम्तीमा 5 नजिकका साथीहरूलाई फर्वार्ड गर्नुहोस्।

 

तपाईंहरुको मित्र,

एच बी (ह्यारी) भण्डारी

मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का लागि स्टेट डेलिगेट (डेमोक्र्याट पार्टी)

(अमेरिकी कानून अनुसार चुनावमा आर्थिक सहयोग गर्न यहाँको नागरिक वा परमानेन्ट रेजिडेन्ट (ग्रिन कार्ड) भएको व्यक्ति हुनु पर्छ)