प्रेस बिज्ञप्ति

बाल्टिमोर, मेरिल्याण्ड
मितिः अक्टोबर २१ , २०१४

आदरणीय दाजुभाई दिदीबहिनी,
मेरिल्याण्ड राज्यको प्राईमरी चुनाव सकिएको छ । १ लाख ४८ हजार जनसंख्या भएको मेरिल्याण्डको डिस्ट्रिक्ट ८ मा तीन पदका लागि सात जनाको बीचमा भएको डेमोक्र्याटिक प्राईमेरीमा हाम्रो उमेद्वारी थोरै मत अन्तरले चौथो स्थानमा रह्यो । हामीलाई यस्तो अनुभति भएको छ कि यदी हामी संग थप दुई हप्ता भएको भएयसपाली नै विजयी हुन्थेउं ,भाग्यबश केहि सयको मतअन्तर लाई पुरा गर्न हामी संग सिंगो २०८ हप्ता बाकी रहेको छ,अर्को चुनाब हामी भारी मतले बिजयी हुनहामी निरन्तर अगाडी बढिरहेका छौ । 
स्मरण रहोस् दशौं बर्ष देखि रिपब्लिकनको तर्फबाट इन्कम्बेंट रहेका सहित तिनै जना उम्मेदवारलाई मत संख्याको आधारमा हामीले उछिन्न सक्यौं । यस कुराले पनि हाम्रो पपुलारिटी प्रस्ट पार्द्छ । यसपटकको हजारौं हजार मतदाताको विश्वासले हामीलाई राज्य र जील्लाको राजनीति नेतृत्वको अग्रपंक्तिमा पुर्याएको छ । र पार्टीबाट झन ठूलो जिम्मेवारी मिलेको छ – हाम्रा साझा मुद्दाहरु; शिक्षा,स्वास्थ्य,रोजगार र समृद्दीको आवाजलाई संगठित बनाएर सम्बन्धित निकायमा पुर्याउन। हाम्रो समुदायको मुद्दाहरु र उपस्थितिलाई यो अभियानले अझ ससक्त बनाएको छ । अमेरिकी मुल धारको राजनीतिमा हाम्रो उपस्थिती अझ प्रभावसाली बनेको कुरा प्रष्ट छ । 
छोटो समयको चुनावी तयारी, सामान्यतया अमेरीकामा वर्षदिन भन्दा लामो चुनावी प्रचार चल्छ हामीले मात्र तीन महिना चुनावी प्रचार गर्यौं; संभवत अनुभवको कमी र जुन समुदायबाट धेरै मतको अपेक्षा हामीलाई थियो, त्यो समुदायबाट निकै थोरै मतदाता भोटिङ प्रकृयामा सामेल हुनु अनि हामी भन्दा भोटको आधारमा तल रहेका तीन जना उमेद्वारको मतसंख्या निकै कम रहनुले हाम्रो जीतको नजिक मात्र पुग्न सक्यौं । तर हामीले जति मत प्राप्त गर्न सक्यौ, यो जील्लाको राजनीतिक समिकरणलाई प्रभावित पार्न काफी छ। त्यसैले चुनाव पछि पनि हाम्रो आफ्नै दल डेमोक्र्याट र अरु उमेद्वारहरुबाट नोभेम्वरको चुनावका लागि सहयोगका साथै विभिन्न रज्यस्तरीय बोर्ड र कमिटिहरुमा प्रतिनिधित्वका लागि अनुरोधहरु आईरहेका छन । हाम्रो उपस्थिती र अनुभवले हाम्रा उमेद्वारहरुलाई जिताउँदै गर्दा हाम्रो आफ्नै जनाधारलाई पनि अझ मजबुद बनाउने छ । त्यसले अर्को चुनाव हाम्रा लागि अझ सहज हुने छ, हामी विश्वस्त छौं अर्को पटक चुनाव जित्ने छौं ।
चुनावको एउटै प्रतिष्पर्धा खेलको अन्तिम दौड होईन भन्ने हामीले सुरुदेखि नै भन्दै आएका थियौं । यो त रिले दौड जस्तै हो । तपाईहरु जहाँ जहाँ हुनुहुन्छ, समुदायको मुलधारका गतिविधिहरुमा सकृय हुन सक्नुभयो भने हाम्रा आवाजहरु अझ बुलन्द बन्ने छ र हाम्रो समुदायका उमेरद्वारहरु स्थानीयतह, राज्य हुँदै संघीय संरचाको नेतृत्व सम्हाल्न सक्नेछन । हरेकले आफ्ना सपनाहरु साकार पारेको यो नयाँ भूमिमा हाम्रा समुदायका सपनाहरु संगै हाम्रा सन्नततिका अमेरिकी आकांक्षाहरु पनि पुरा हुनेमा हामी विश्वस्त छौं I
हाम्रो उमेद्वारीलाई समर्थन गर्ने अमेरिकाकै सबैभन्दा ठूलो ट्रेड यूनियन AFL-CIO, Baltimore Sun, Baltimore Teachers’ Union,American Federation of Teacher,Maryland, AFT सहित स्थानीय डेमोक्रेटिक क्लबहरुलाई लाई धन्यवाद दिन चाहन्छु । चुनावी प्रतिष्पर्धालाई अझ बलियो बनाउन चुनावी रणनीति बनाउन सघाउने, चुनावका दिन मतकेन्द्रमा खटिएर मद्दत गर्ने मित्रहरुप्रति म आभारी छु । चुनावी अभियानलाई प्रतिष्पर्धी बनाउन आर्थिक सहयोग गर्ने शुभेदच्छुक र सहयोगी मित्रहरुप्रति म विशेष आभारी छु । चुनावी अभियानभरि घरबाट बेफिक्रि राजनीतिमा लाग्न समय दिने मेरो परिवारका सबै सदस्यहरुसित म संधै ऋणी छु । अहिले हाम्रो कमिटीले डेमोक्रेट पार्टीका उम्मेदवार लाई जिताउन खेलिरहेको भूमिकाको डिस्ट्रिक र स्टेट भरि महत्वको साथ हेरिएको छ । यसले हाम्रो समुदायको बेस अनि राजनैतिक भबिस्य आगामी दिनलाई अझै बढी बलियो बनाउने छ भन्ने विश्वास लिएका छौ । 
प्राइमरी चुनाबको परिणाम हेर्न यस लिंकमा क्लिक गर्नु होला ।
http://www.elections.state.md.us/…/gen_results_2014_1_01608…

नेपाली-अमेरिकी दाजुभाईलाई मेरो केहि सहयोग चाहिएमा मेरो सम्पर्क कार्यलयको फोन ४१०७१३८६७२ मा सम्पर्क गर्नु होला I
तपाईंको

एच बी भण्डारी

The State Board of Elections provides all eligible citizens of the State convenient access to voter registration; provides all registered voters accessible locations in which they may exercise their right to vote, to ensure uniformity of election practices; to promote fair and equitable elections; a…
ELECTIONS.STATE.MD.US|BY MARYLAND STATE BOARD OF ELECTIONS